2

Logo २०८३ बैशाख १३ आइतबार
साताैं मण्डली कप-२०८० शुरु

साताैं मण्डली कप-२०८० शुरु


होम राई मगर प्रकाशित मिति : बिहिबार, कार्तिक २३ २०८०
1.7K

पाल्पा ।

मण्डली स्पाेर्टस् क्लव पूर्वखाेला -१ सिलुवा,पाल्पाकाे साताैं मण्डली कप-२०८० अन्तर्गत खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।
कार्तिक २२ गते देखि २५ गते सम्म सन्चालन हुने प्रतियोगितालाई लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सांसद श्रेष्ठले खेलकुदले व्यक्तिगतका साथै सामाजिक बिकासमा टेवा पुर्‍याउन सहयोग पुगेको बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउन सफल रहेको बताउनु हुँदै प्रतियोगिता अनुशासित र मैत्रीपूर्ण रहनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा पूर्वखाला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले खेलकुदको बिकासका लागि गाउँपालिका सदैब तत्पर रहेको बताउनुभयो त्यसैगरी प्रमुख प्रसासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले खेलकुदले मनोरञ्जन मात्रै स्वच्छ प्रतिस्पर्धा गर्न सन्देश समेत दिएको बताउनुभयो ।

प्रतियोगिताको पहिलो दिनको आयाेजक मण्डली स्पोर्ट्स क्लब र श्रीनगर भलिबल क्लब बिच भएको खेलमा आयाेजक श्री मण्डली स्पाेर्टस् क्लबले साेझाे सेटमा जित हाँसिल गरेको छ । सिलुवाको हटिया बजारमा रहेको खेलमैदानमा सन्चालन हुने प्रतियोगितामा आयोजक सहित जम्मा १० टाेली सहभागी रहने क्लब अध्यक्ष अनन्त प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा बिजेता टोलीले ट्रफी सहित नगद १ लाख १२ हजार २३३ र उपबिजेताले नगद ७५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने क्लबका सचिव कृष्ण पंगेनीले जानकारी दिनुभएको छ । त्यसैगरी तृतीय हुने टोलीले ट्रफी सहित नगद ५१ हजार १११ रुपैयाँ र सान्त्वना हुने टोलीले नगद २५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको अन्तिम दिन कार्तिक २५ गते राष्ट्रिय कलाकार हरु बद्री पंगेनी , प्रिति आलेका साथै स्थानीय कलाकारहरुकाे प्रस्तुति समेत रहने आयाेजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com