गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा बागतमी प्रदेश सरकारले लगानी गर्ने
चितवन ।
चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ ।
अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला बागमती प्रदेश सरकारको लगानीमा निर्माण गर्न मङ्गलबार महानगरपालिकाका मेयर रेणु दाहाललाई सम्झौतापत्र हस्तान्तरण गरिएको छ ।
स्थानयि सरकार र प्रदेश सरकार मिलेर रंगशाला निर्माण गर्न प्रदेश सरकार कस्सिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक माामिला तथा योजनामन्त्री बहादुर सिं लामा लगायत महानगर प्रमुख रेणु दाहालबीच आज हेटौडामा सम्झौता पत्रमा हस्ताक्षर गरि बुझाइएको छ ।
भरतपुर महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने भएको हो । उक्त कामका लागि ७५ करोड रुपैयाँ लगानी लाग्ने छ जसमा ७०% बागमती प्रदेश सरकारले व्यहोर्ने र ३०% रकम भरतपुर महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ ।
तस्वीर-मणिराज गौतम