जाजरकोट केन्द्रबिन्दु भएर पुनः गयो भुकम्प
काठमाडौं ।
जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । दिउसो ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो ।
गत शुक्रबार राती जाजरकोटको बारेकोट केन्द्र भएर गएको भुकम्पले ठूलो धन जनको क्षति भकोमा पुनः आज सोमबार पराकम्प गएको हो । साना- साना कम्पले त्रसित नागरिक आजको भुकम्पको त्रासले थप त्रसित भएका छन् । त्यहा उद्दार, उपचार र सहयोग जारी छ भने घरबार बिहिन नागरिक खुल्ला आकाशमुनि र सार्वजनिक भवनमा आश्रय लिईरहेका छन् ।
भूकम्पले चिरा परेको घर बाटो पुनः गएको पराकम्पले असर पुगेको छ । आजको भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं उपत्यकासम्म महशुस गरिएको छ ।