2

Logo २०८३ बैशाख १३ आइतबार
राहत लिएर जाजरकोट पुग्यो रामपुर नगरपालिका प्रमुख थापा सहितको टोली

राहत लिएर जाजरकोट पुग्यो रामपुर नगरपालिका प्रमुख थापा सहितको टोली


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक २० २०८०
813

जाजरकोट ।

पाल्पाको रामपुर नगरपालिकाबाट नगरप्रमुख रमण बहादुर थापा सहितको टोली भुकम्पले प्रभावित जाजरकोट जिल्ला पुगेको छ ।

नगरपालिकाका नगरप्रमुख थापा, उपप्रमुख बाल कुमारी थापा सहित कार्यपालिकाको टोली आइतबार साझ जाजरकोट पुगेको हो । टोलीले एकद्वार प्रणाली मार्फत जाजरकोट भुकम्प पिडित तथा उद्दार कोषमा नगद सहित राहत सामसामाग्री हसहस्तान्तरण गरेको नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो।

जाजरकोट जिल्लाका भुकम्प प्रभावितहरुका लागि नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र केही राहत सामग्री जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई हस्तान्तरण गरि प्रभावित क्षेत्रकाे अवलोकन गरिएको थापाले सबल न्युजलाई टेलिफोन मार्फत जानकारी दिनुभएको छ ।

राती पुगिएको थियो जाजरकोट सदरमुकाम खलंगाको त्रिभुवन माबिमा प्रमुख जिल्ला अधिकारी सुनार सहितको टिम त्यही रहेछ, सो क्षेत्रका केही सर्वसाधारण सोही विद्यालयमा आश्रय लिनुभएको थियो, हामीले सो विद्यालयमा रहेका स्थानीय र नजिकका गाउँ घर पुगेर हेर्यौ निकै पिडामा शुन्यतामा जाजरकोट र पश्चिम रुकुम रहेको छ रामपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दुर्गा प्रसाद पाेखरेलले भन्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष तथा नगर बिपद व्यबथापन समिति संयोजक डिल बहादुर रानाले शनिबार कार्यपालिका बैठकबाट निर्णय भए बमोजिम भुकम्प प्रभावितलाई राहत सहयोगमा नगरपालिका एक्यवद्धता भई सहयोग गरेको र सो सहयोग जाजरकोट रुकुममा समिति मार्फत हस्तान्तरण हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com