2

Logo २०८३ बैशाख १४ सोमबार
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक १२ २०८०
778

काठमाडौँ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणको लागि आइपुग्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  निमन्त्रणामा चारदिने भ्रमणमा शनिबार राति नेपाल आउनुभएका गुटेरेसले आज उच्चस्तरीय भेट गर्नुहुनेछ ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

गुटेरेसले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । उहाँ काठमाडौँ उपत्यकाका पुरातात्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिवलाई परराष्ट्र मन्त्री एनपि साउदले स्वागत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com