2

Logo २०८३ बैशाख १३ आइतबार
कुरिलो खेती नियमित आम्दानी

कुरिलो खेती नियमित आम्दानी


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक ११ २०८०
1.5K

पाल्पा ।

पछिल्लो समयमा पाल्पामा कुरिलो खेति फष्टाउन थालेको छ।  कम लगानीमा राम्रो आम्दानी हुन थाले पछि कृषकहरुको आकर्षण  बढेको हो ।यसको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा पाल्पामा किसानहरुले कुरिलो खेती शुरु गर्न थालेका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि पाल्पाको हावापानी राम्रो भएका कारण पनि पनि किसानहरुमा कुरिलो खेतीको आकर्षण बढ्न थालेको प्राविधिकहरु बताउछन् ।

कृषि ज्ञान केन्द्रले पाल्पाका कृषकहरु कुरिलो खेती बाट मनग्य आम्दानी गर्न सफल भएपछि कुरिलो खेतीको बिस्तार हुन थालेको जनाएको छ । परम्परागत खेती भन्दा बढी उत्पादन गर्न सकिने र बजारमा पनि माग बढ्दै गएका कारण कृषकहरुको कुरीलो खेती तर्फ आकर्षण बढेको कार्यालका प्रमुख सन्तोष चौधरीले  जानकारी दिनुभयो ।पहिलोपटक  बगनाशकालीका जीवराज घिमिरेले सुरु गरेको कुरिलो खेती अहिले रामपुर, तानसेन, रिब्दीकोट, रैनादेवी लगायतका स्थानीय तहका कृषकहरुले पनि बिस्तार गर्दै लगेका छन् । पाल्पामा यस खेतीम अहिले ५० जना भन्दा बढी कृषकहरु व्यवसायिक रुपमै लागेका छन  ।

कम लगानीमा बढी फाइदा लिन सकिने कुरीलो एक के.जी को ३ देखि ५ सय रुपैया सम्ममा विक्री हुने कृषकहरु बताउछन् । कुरिलो खेतीबाट बर्षको ५ लाख सम्म आम्दानी हुने गरेको कृषक बिमला बस्यालले  बताउनुभयो ।कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुदा यसको माग बढ्दै गएको किसानको अनुभव छ ।

विरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषकको भनाइ छ । किसानहरु एक सिजनमा कुरिलोबाट ५० हजार देखि १ लाख सम्म आम्दानी गर्न सकिने बताउछन् । कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठो भएका कारण पनि एकपटक प्रयोग गर्नेले खोजी खोजी किन्ने गर्छन् ।

यसको फाइदा र बजार पनि राम्रो भएकाले कुरिलो खेतिलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याइएको वगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com