दशै बिदा सकिएसँगै सरकारी कार्यालय खुले
काठमाडौं ।
बडादशैँको अबसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् ।
नेपालीहरुको महान् चार्ड बिजयादशमीको अबसरमा सरकारले कात्तिक ४ गते फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।
आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किनेहरु राजधानी आउने क्रम बढेको छ । बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।
पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको दशैमा घर जाने र फर्कने सर्वसाधारण यात्रुको गुनासो छ।