2

Logo २०८३ बैशाख १३ आइतबार
कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भारी बहुमत

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भारी बहुमत


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक २ २०८०
1.5K

बिराटनगर ।

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बहुमतको विश्वासको मत प्राप्त गरेका छन्। विराटनगरस्थित प्रदेश सभामा बुधबार सम्पन्न बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए । ९१ जना प्रदेश सभाको उपस्थितिमा भएको मतदानबाट विपक्षमा मात्र ५ मत खसेको थियो ।

यससँगै कार्की प्रदेशको दोस्रो संस्करणको सरकारमा पाचौं मुख्यमन्त्री हुनु भएको छ । मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम ४७ जना प्रदेश सभासदस्यको साथमा असोज २६ मा मुख्यमन्त्रीको दाबी गर्नुभएको थियो । ८ जना काँग्रेस प्रदेश सभासदस्य र ३९ जना नेकपा एमालेको समर्थन दाबी रहेको कार्कीलाई २७ गते प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

त्यसैगरि, प्रदेश प्रमुख खापुङले कार्कीलाई असोज २८ गते घटस्थापनाको दिनमा मुख्यमन्त्रीको सपथ ग्रहण गराउनुुुएओ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com