2

Logo २०८३ बैशाख १५ मंगलबार
जिल्ला प्रहरी कार्यालय मुस्ताङले मनायो ६८औं प्रहरी दिवस

जिल्ला प्रहरी कार्यालय मुस्ताङले मनायो ६८औं प्रहरी दिवस


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक १ २०८०
344

मुस्ताङ ।

६८ औ प्रहरी दिवश जिल्ला प्रहरी कार्यालय मुस्ताङले बिबिध कार्यक्रम गरि मनाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नेपाल प्रहरीका सकल दर्जालाई प्रहरी दिवसको अवसरमा शुभकामना दिदै कर्तब्य पालनको शिलशिलामा प्राणको आहुति दिने अमर प्रहरी प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रजिअ पन्त सहित अतिथिहरुले अमर प्रहरीको सम्झनानामा निर्मित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।
साथै सो अबसरमा कार्यक्षेत्रमा उत्कृष्ठ कार्य गर्ने ११ जना विभिन्न दर्जाका प्रहरी अधिकृत तथा जवानहरु, विभिन्न खेलमा बिजयी हुने खेलाडीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले अतिथिहरुमा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

प्रहरी निरीक्षक मिलन बि क को स्वागत र दिनेश गौतमले कार्यक्रमको संचालन गर्नुभएको कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकार,विद्यार्थी र प्रहरी कर्मचारीहरु समेत गरि १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com