2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली काङ्ग्रेस ‘मास बेस’ पार्टी हुनुपर्छ: काङ्ग्रेस केन्द्रिय सदस्य पौडेल

नेपाली काङ्ग्रेस ‘मास बेस’ पार्टी हुनुपर्छ: काङ्ग्रेस केन्द्रिय सदस्य पौडेल


Sabalnews प्रकाशित मिति : आइतबार, असोज २१ २०८०
897

पाल्पा ।

नेपाली कांग्रेसलाई ‘मास बेस’ पार्टीको रुपमा स्थापित गराउन आवश्यक रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले बताउनुभएको छ । नेपाली कांग्रेस रामपुर नगर समितिले पाल्पाको रामपुरमा गरेको प्रथम नगर सम्मेलनको उट्घाटन गर्दै युवा नेता पौडेलले कांग्रेसलाई ‘मास बेस’ पार्टी बनाउने की ‘क्याडर बेस’ भन्ने विषय सोच्ने समय आएको बताउनुभयो ।

उहाँले ‘दुई प्रकारको सदस्यता राखेर कांग्रेसलाई मास बेस पार्टी हुन दिईरहेका छैनौं । कांग्रेस साच्चिकै बनाउने हो भने नेपाली कांग्रेसलाई मास बेस पार्टी बनाउनुपर्छ- उहाँले भन्नुुुयो ।’ कांग्रेसले फरक विचारलाई निषेध नगरी प्रजातन्त्रको प्रक्रियालाई पूर्ण रुपमा अवलम्बन गर्दै आएको उहाँले बताउनुभयो । ‘हामीले नेपाली समाजलाई निषेधको बाटो तर्फ होईन, खुल्ला बाटो तर्फ लिएर जान चाहान्छौं । त्यसको अभ्यास हामी कांग्रेस भित्र गर्न चाहान्छौं । त्यसैले नेपाली कांग्रेस पार्टी मास बेस पार्टी हुनु पर्छ ।’ मास बेस पार्टी बनाएर सदस्यहरुको मतदान बाट टिकट वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रदेखि तल्लोतहसम्म प्रत्यक्ष सभापति निर्वाचन गर्ने व्यबस्था गर्यो भने गुटबन्धी हुदैन । अबको राजनीति निरन्तरताले मात्र नहुने भन्दै समाजको समस्या पहिचान र समाधानमा ध्यान दिनु पर्ने बताउनुभयो । ‘हाम्रो राजनीति अब निरन्तरताले मात्र हुँदैन । आजको राजनीति विषय वस्तुमा प्रखरताले हुन्छ । आजको राजनीति समस्या कोट्याउने मात्र होईन समाधान दिनुपर्छ । समाधान दिने नेतृत्व राजनीतिले खोजिरहेको छ । हामी कांग्रेसले किन नखोज्ने ?’ जहाँ ३५ वर्ष लागेको मान्छे संग प्रतिस्पर्घा गर्न ३५ दिन देखि मात्र  लागेको मान्छे आयो भने स्वीकार्नु पर्छ पौडेलले भन्नुभयो । नयाँ राजनितिक दल प्रति ईन्कित गर्दै नेता पौडेलले ईतिहास नभएको दल र ईतिहास बोकेको हाम्रो दल आफैमा ओजिलो भएको बताउदै मितव्ययी बनाउन र काङ्ग्रेस व्यबस्थित कसरी हुने र हाम्रा बैधानिक व्यबस्थालाई अबलम्बन गर्दै राम्रा व्यबहारलाई अंगाल्नुपर्ने औल्याउनुभयो ।

कांग्रेस नेपाली समाजको पार्टी भएको बताउँदै कांग्रेसमा जान सबैलाई खुल्ला गरिनु पर्ने बताउनुभयो । कांग्रेस सधैभरी लोकतन्त्रको निम्ति कुनै सम्झौता नगरी लडेको राजनैतिक दल भएकाले आफुलाई खुल्ला राखेर सम्पूर्ण नेपालीलाई कांग्रेस भित्र आउने स्थिति निर्माण गर्नु पर्ने बताउनुभयो । चौरासीको निर्वाचनको चिन्ता नलिन आग्रह गर्दै जनताको सेवामा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘२०८४ को चुनावको विषयमा हामीले यति धेरै चिन्ता नलियौं । त्यसलाई उच्चारण पनि नगर्नु होला । कांग्रेस आवधिक निर्वाचनको पक्षपाती हो । चुनावमा जाँदा हार जित पक्कै हुन्छ । कुनै पनि चुनावमा हारिदैन, हानु हुँदैन, जित्नै पर्छ त्यो हाम्रो विषय होईन । जनताकोल मन जितेर चुनाव जित्नु पर्छ ।’ जसरी वीपीले समाज चिने चिन्तन गरे र समाजको त्यहि मुद्दा कांग्रेसको एजेण्डा बनाउनुभयो त्यसरी नै समाजको एजेण्डालाई पार्टीको एजेण्डा बनाएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले वर्तमान समाज प्रविधिको युग रहेको बताउँदै बोलेकै भरमा राजनीति नहुने बताउनुभयो । उहाँले समाजको समस्या समाधान मुख्य कुरा भएको बताउनुभयो । श्रेष्ठले संगठन एक्लै सम्भव नभएको भन्दै सहमति, सहकार्य र एकताले मात्र कांग्रेस बलियो हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीले पार्टीलाई विधान अनुसार अगाडी बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले रामपुरमा ७०२ लालपुर्जा बितरण गरेको र १० बर्ष बेच्न नपाउने कुरालाई संसदमा राख्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सदस्य विष्णु मायाँ ढकालले नेता कार्यकर्ता तितर्बितरको अबस्था सिर्जना गर्न नहुने बताउनुभयो । चुनावका समयमा गरेका घोषणा पूरा गर्दै परिस्कृत ढंगबाट अघि बढ्न आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य सन्दिप रानाले संगठनलाई सुढृद गरेर थप जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । गैरआवासिय नेपाली संघका सहसचिव नारायण काफ्लेले क्रमिक रुपमा सुधार गर्दै जानु आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसका उपसभापति ज्ञान बहादुर गाहाले संगठनलाई थप सक्रिय बनाउनका लागि अभियान सञ्चालन गर्दै अघि बढेको बताउनुभयो ।

महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको विकासको लागि सदैव अघि बढेको बताउनुभयो । कार्यक्रममा कांग्रेसका महासमिति सदस्य देवराज ढकाल, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति झमन राज मगर, क्षेत्र नं. २ का सभापति मुक्तिराम जिसी, महाधिवेशन प्रतिनिधि हजुर दिन मियाँ, नेपाल महिला संघ रामपुर नगर सभापति शारदा आचार्य, वडा नं. ७ का वडा सभापति दुर्गा प्रसाद भट्टराईले आफ्नो धारण राख्नु भएको थियो ।

नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रममा नगर सभापति नेत्र प्रसाद भट्टराईले नगर समितिको राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नगर कमिटीका सचिव ओमप्रकाश बस्यालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहन भट्टराईले गर्नु भएको हो । कार्यक्रमको अवसरमा पार्टीको विभिन्न भातृसंगठनको केन्द्रिय नेतृत्वमा पुग्नु भएका व्यक्तिहरुलाई नगर समितिले सम्मान गरेको थियो । साथै संगठनको विषयमा अन्तरक्रिया पनि भएको थियो । नेपाली कांग्रेस रामपुर नगर उपसभापति देव बहादुर थापा मश्राङ्गीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद उपसभापति ज्ञान प्रसाद भण्डारीले ज्ञापन गर्नु भएको थियो । नगर सभापति नेत्रप्रसाद भट्टराईको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव चिरन्जीवि सिग्देलले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com