2

Logo २०८३ बैशाख १४ सोमबार
यी हुन् इजरायलमा हमासले गरेको आक्रमणमा ज्यान गुमाउने नेपाली

यी हुन् इजरायलमा हमासले गरेको आक्रमणमा ज्यान गुमाउने नेपाली


Sabalnews प्रकाशित मिति : आइतबार, असोज २१ २०८०
722

काठमाडौं ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डाेटी पचनाली ३ का राजन फुलरा, लामिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका दूतावासले जनाएको छ। त्यस्तै, ६ जना घाइते भएर उपचाररत रहेका छन् भने एकजना सम्पर्कविहीन छन् ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश सुदुरपश्चिमका बिद्यार्थीहरु छन्।

‘करिब १० जना नेपालीको हताहती भएको देखिएको छ। हामी यकिन संख्या र उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,’  परराष्ट्र उच्च स्रोतले भन्यो, ‘मृतकको शव संकलनको काम भइरहेको छ।  शवहरू नेपाल ल्याउने विषयमा भोलि बैठक बसेर निर्णय गर्छौं।’

हमासले गरेको आक्रमणमा विशेष गरी  सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।

शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।आक्रमणमा केही नेपालीहरू घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com