मण्डली स्पोर्टस् क्लबको अध्यक्षमा अन्त प्रसाद श्रेष्ठ
पाल्पा ।
पुर्वखोला १ सिलुवामा स्थापित मण्डली स्पोर्टस् क्लबको तेस्रो अधिवेशनले सर्बसम्मतिमा क्लबको नयाँ नेतृत्व चयन गरेको छ ।
भेलाले अन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समितिको चयन गरेको हो । समितिको उपाध्यक्षमा युद्ध वहादुर बिरकट्टा, सचिव कृष्ण प्रसाद पंगेनी, सहसचिव जोग वहादुर बयम्बु, कोषाध्यक्ष भगवती श्रेष्ठ रहनुभएको छ ।
अधिबेशनले क्लबको सदस्यहरुमा कमला आले, सदस्य सुरेन्द्र दर्लामी, सदस्य मुक्ति बहादुर हिस्की, सदस्य हुम वहादुर बयम्बु, सदस्य थान वहादुर चिदी, सदस्य चुन वहादुर थापा, सदस्य ओम नारायण श्रेष्ठ, सदस्य बिपना जर्घा, सदस्य चन्द्र कुमारी श्रेष्ठ र सदस्य अम्बिका काफ्लेलाई चयन गरेको छ । क्लबले बिशेष गरि खेलकुद र सामाजिक काम गर्दै आएको छ ।