2

Logo २०८३ बैशाख १५ मंगलबार
नेवार समुदायको भेलाले नेवा: देय् दबू रामपुर गठन

नेवार समुदायको भेलाले नेवा: देय् दबू रामपुर गठन


Sabalnews प्रकाशित मिति : शनिबार, असोज २० २०८०
785

पाल्पा ।

रामपुर नेवा: समाजको पहलमा बसेको नेवार समुदायको भेलाले नेवा: देय् दबू रामपुर गठन गरेको छ ।

रुद्र नारायण श्रेष्ठको अध्यक्षतामा समिती गठन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठ, उपाध्यक्ष सिता प्रधान, सचिव लेख प्रसाद श्रेष्ठ, सचिव बिन्दु श्रेष्ठ, कोषाध्यक्ष:- बिशाल श्रेष्ठ (अशोक) रहनुभएको छ ।

भेलाले समितिको सदस्यहरु मोहन प्रसाद श्रेष्ठ, ओम नारायण श्रेष्ठ, मनिराम श्रेष्ठ, बिजय श्रेष्ठ, बुद्धि प्रसाद श्रेष्ठ, शुरेश श्रेष्ठ, प्रकाश श्रेष्ठ, लोक प्रसाद श्रेष्ठ र मायादेवी श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले नेवारी सस्कृति संरक्षण र प्रबर्द्धनमा समूह एकजुट हुनुपर्ने बताउनुभयो ।  प्रदेश नेवा: देय् दबू अध्यक्ष बिजुला जोशीले देय् दबुले धेरै सक्रियता बढाउदै नेवारी परम्परा सस्कृति बिजारोपणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

भेला रामपुर नेवा:समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा बसेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com