2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा लागू औषध सहित २ पक्राउ

पाल्पामा लागू औषध सहित २ पक्राउ


Sabalnews प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
442

पाल्पा ।

पाल्पामा लागूऔषतसहित दुई जना पक्राउ परेका छन् । पाल्पाबाट स्याङ्जा जााँदै गरेका युवा राम्दीबाट पक्राउ परेका हुन् । बाराको फेटा गाउँपालिका वडा नं.२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नंं ४ मा बस्दै आएका २५ वर्षीय सोहन हुसेन र स्याङ्जाको पुतलिबजार न.पा. ५ घर भई हाल पोखरा महानगरपालिका वडा नं २ बस्दै आएका ३१ वर्षीय किसोर विश्वकर्मा पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार शुक्रबार सिद्धार्थ राजमार्गको बतुङ्-राम्दी सडक खण्ड अन्तरगत बगनासकाली गाउँपालिका वडा नं. ५ राम्दीमा चेकजाँच गर्ने क्रममा सुनौलीबाट बाग्लुङ हुँदै बेनीका लागि जाँदै गरेको यात्रु बाहक बसमा लागूऔषतसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

चेकजाँचको क्रममा सोहन हुसेनले हातमा समातेको जेब्रा झोलाभित्र प्लाष्टिकमा पोको पारी राखेको अवस्थामा लागूऔषध डाईजेपाम १२१ एम्पुल, फेनारगन १२४ एम्पुल, आइपिपिएल १२१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै अनुसन्धानको क्रममा बसका सह-चालकरहेका किसोर वि.क.को समेत लागूऔषत ओसार-प्रसारमा संलग्नता रहेको पुष्टि भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com