2

Logo २०८३ बैशाख १४ सोमबार
यसबर्षको दशै र तिहारको साइत

यसबर्षको दशै र तिहारको साइत


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज १८ २०८०
680

काठमाडौं ।

नेपालीहरुको महान् चाड दशैको यस वर्षको टीकाको साइत कात्तिक ७ गते विहान ११ बजेर २ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विज्ञप्ति जारी गर्दै यो वर्षको दशैं र तिहारको उत्तम साइत सार्वजनिक गरेको हो ।

जमरा राख्ने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंको शुभसाइत समितिले सार्वजनिक गरेको छ । जसअनुसार घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले  घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने उल्लेख गर्नुभयो ।

कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष ढिलो गरि असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ शुरु हुँदैछ ।

कात्तिक पहिलो साताको अन्तिम दिन ७ गते बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com