2

Logo २०८३ बैशाख १३ आइतबार
अन्तर्राष्ट्रिय पहिचान बढाउदै तिलोत्तमा नगरपालिका, पायो “मेयर फर पिस”को सदस्यता

अन्तर्राष्ट्रिय पहिचान बढाउदै तिलोत्तमा नगरपालिका, पायो “मेयर फर पिस”को सदस्यता


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज १८ २०८०
799

वुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले “मेयर फर पिस” नामक जापानमा रहेको संस्थाको सदस्यता प्राप्त गरेको छ। स्थानीय तहहरुको समृद्धिका लागि एकबद्ध हुने उदेश्यका साथ बिश्वका धेरै पालिकाको सहभागितामा स्थापित शान्ति र बिकासका लागि अघि बढेको यस संस्थाको सदस्यता तिलोत्तमाले पाएको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो ।

बिश्वका १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध सो साथामा नेपालमा ३३ वटा पालिकाले सदस्यता लिएका छन् । पालिकाको समन्वय र आवश्यकताका बिषयमा छलफल अन्तरक्रिया हुने यो सस्थामा पछिल्लो समय उप-राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा शान्तिका लागि मेयरहरूले आणविक हतियार रहित संसार, सुरक्षित र लचिलो शहरहरू र शान्तिको संस्कृतिको लागि काम स्थापित भएको हो । जसमा शान्ति प्रत्येक व्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ।
यही सस्थाले सदस्यको रुपमा भदौ १५ गते तिलोत्तमालाई लिएको र यसबारे जानकारी दिएको खाणले बताउनुभयो।

नगरसंगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातिको सहअस्तित्वलाई खतरामा पर्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक-फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com