नेपालबाट प्रतिनिधित्व गर्दै खतिवडा अमार्कको उपाध्यक्षमा निर्वाचित
काठमाडौं ।
सामुदायिक रेडियो प्रसारक सङ्घका पुर्व अध्यक्ष तथा सामुदायिक रेडियाे कर्मी सुवास खतिवडा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन (अमार्क) एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
थाइल्यान्डको राजधानी बैंकक शहरमा शनिबार सम्पन्न अमार्कको ५ औं सम्मेलनबाट उहाँ सो पदमा निर्वाचित हुनुभएको हो । रेडियो धादिङका अध्यक्ष समेत रहनुभएका खतिवडा सामुदायिक रेडियोका अभियन्ता हुनुहुन्छ ।
यस्तै भारतका रामनाथ भाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।