घट्यो बढेको पेट्रोलियम पदार्थको मूल्य
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेकाे हाे।
बैठकले पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्दै चाडपर्वकाे बेला मूल्यवृद्धि गर्दा जनता मारमा पर्ने भन्दै पूर्ववत मूल्य कायम गर्ने निर्णय गरेकाे हाे।
शनिबार रातीदेखि लागू हुने गरि पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धि भएको थियो। मूल्यवृद्धि भएसँगै सरकारकाे चाैतर्फी आलाेचना भएकाे थियाे।
प्रधानमन्त्रीकाे सचिवालयले नेपाल आयल निगमले सरकारको राजनीतिक नेतृत्वसँग परामर्श गरेर पछिल्लो निर्णय नलिएको जनाएकाे थियाे।

यसैगरी, मन्त्रिपरिषद बैठकले सुन तस्करी छानबिन आयोग पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठन गरेको छ।