2

Logo २०८३ बैशाख १४ सोमबार
घट्यो बढेको पेट्रोलियम पदार्थको मूल्य

घट्यो बढेको पेट्रोलियम पदार्थको मूल्य


Sabalnews प्रकाशित मिति : आइतबार, असोज १४ २०८०
806

काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य पूर्ववत (यसअघिकै) कायम गर्ने निर्णय भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेकाे हाे।

बैठकले पेट्रोलियम पदार्थको मूल्यबारे पुनर्विचार गर्दै चाडपर्वकाे बेला मूल्यवृद्धि गर्दा जनता मारमा पर्ने भन्दै पूर्ववत मूल्य कायम गर्ने निर्णय गरेकाे हाे।

शनिबार रातीदेखि लागू हुने गरि पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धि भएको थियो। मूल्यवृद्धि भएसँगै सरकारकाे चाैतर्फी आलाेचना भएकाे थियाे।

प्रधानमन्त्रीकाे सचिवालयले नेपाल आयल निगमले सरकारको राजनीतिक नेतृत्वसँग परामर्श गरेर पछिल्लो निर्णय नलिएको जनाएकाे थियाे।

यसैगरी, मन्त्रिपरिषद बैठकले सुन तस्करी छानबिन आयोग पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठन गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com