2

Logo २०८३ बैशाख १३ आइतबार
नेवा: समाजको आयोजनामा १३ औं लाखेनाच पाल्पा रामपुरमा सम्पन्न

नेवा: समाजको आयोजनामा १३ औं लाखेनाच पाल्पा रामपुरमा सम्पन्न

तीन जिल्लाका २९ लाखे एकै मञ्चमा

Sabalnews प्रकाशित मिति : शनिबार, असोज १३ २०८०
2.3K

पाल्पा ।

नेवार समुदायको आयोजनामा पाल्पाको रामपुरमा बृहत लाखे नाच प्रदर्शनी भएको छ ।

गाइजात्रा, रोपाइजात्रा हुँदै इन्द्रजात्रा पछि जताततै यसबर्षलाई लाखे बिसाइन्छ तर यहाँका नेवार समुदायले हरेकबर्ष पुर्णिमामा भव्य लाखे प्रदर्शनी गर्दै आएको छ । पुर्णिमामा पाल्पा सहित छिमेकी ३ जिल्लाको दर्जनौ लाखे समुहले लाखे प्रदर्शन संगै लाखे बिसर्जन गरिने परम्परा छ ।

रामपुर नगरपालिकाको मुख्य बेझाँड बजार क्षेत्र झाकी सहित परिक्रमा गरि बजार पछाडीको खुला चौरमा आयोजित कार्यक्रममा दर्जनौं समुहले लाखे प्रदर्शन गरे । मौलिक लाखे नाचको जगेर्ना तथा संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले रामपुर नेवाः समाज रामपुर पाल्पाले हरेक बर्ष पुर्णिमामा लाखे प्रतियोगिता तथा प्रदर्शनी गर्दै आएको छ ।

सुपुत्रको बियोगमा रहेकी रानीलाई ध्यान भङ्ग गराउन हसाउन राजा प्रताप मल्लले लाखे निकालेको सम्झनामा मृतक परिवारबाट लाखे निकाल्ने र हास्यव्यङ्ग रुपमा जात्रा देखाउने परम्परा छ ।

लाखे प्रदर्शनीको कार्यक्रमको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेश सभा सदस्य तथा रामपुर नेवा: समाजका सस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले नेपालमा ३७ प्रतिशत रहेको आदिबासी जनजातिको संख्या पाल्पामा ६१.३४ प्रतिशतमा मगर समुदाय पछिको ठूलो जनघनत्व रहेको बताउनुभयो । उहाँले नेवा समाजको यो कार्यक्रमले नेवारी सस्कृति जगर्नामा महत्त्वपूर्ण भुमिका खेलेको बताउदै अझ नयाँ पुस्तामा बिस्तार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले रजस्वला हुनुपुर्व गुफा, म्हपुजा नेपाल संवत्, लाखे सहितका दर्जनौ जात्राले नेवारी परम्परा सुन्दर भएको बताउदै यसको संरक्षण र बिकासमा सदैव आफू साथमा रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले
कला सस्कृती जगेर्नामा नगरले सघाएको बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघले यश कला संरक्षणमा सघाएको बताउदै लाखे प्रदर्शनी संगै अब नेवारी परिकार (खाना)सहित समुदायका उत्कृष्टलाई सम्मान, हुँदा खानेको लागि पनि मिनिमहोत्सवको रुपमा लाखे प्रदर्शनीलाई बिकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा श्रीपलि स्वाँ लाखे नाच समुह चापाकोट ९ का सचिव शान्ति श्रेष्ठ, नेयाईचा समुह रामपुरका का सचिव विन्दु श्रेष्ठले नेवारी कला संस्कृति र यसको निरन्तरताका बिषयमा बोल्नुभएको थियो ।

लाखे प्रदर्शनीमा यस वर्ष उत्साहजनक सहभागी र अवलोकल गर्न आउनेहरुले सहभागीता जनाएको रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले बताउनुभयो । प्रदर्शनीमा पाल्पा सहित छिमेकी स्याङ्जा, तनहुँ जिल्काका गरि २९ समुहको लाखे नाच प्रदर्शन गरिएको लाखे समूह र्‍याली संयोजक प्रेम श्रेष्ठले जानकारी दिनुभयो । जात्रैजात्राको शहरको रुपमा उपत्यका बाहिर मनाइने पाल्पामा तानसेनका ३ समुहको समेत सहभागीता रहेको थियो ।

कार्यक्रममा स्थान विशेष फरक -फरक ताल र शैलीमा देखाउने अवसर आयोजकले दिएको थियो । सोही अबसरमा रामपुर लाखेनाच समुहमा रहेर लाखे/ जात्रामा जुनसुकै भुमिका निर्वाह गर्दै नाच्ने, बजाउने सक्रिय सदस्य विष्णु कुमार श्रेष्ठलाई मरोणेपरान्त सम्मान उहाँकी धर्मपत्नीलाई प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी सबै समुहलाई उत्कृष्ट सहित नगद र सम्मान पत्र प्रदान गरिएको थियो । समाजले प्रदर्शनीमा सहयोग गर्ने व्यक्तित्वलाई प्रसंशा पत्र प्रदान गरेको छ ।

रामपुर नेवा: समाजका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता, रामपुर नेवा समाजका कोषाध्यक्ष राज कुमार श्रेष्ठको स्वागत र सचिव विमल श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com