2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाका वडाध्यक्षहरुको भेलाले नेपाल वडा संघ गठन, देशब्यापी वडा महासंघ गठन गरिने

पाल्पाका वडाध्यक्षहरुको भेलाले नेपाल वडा संघ गठन, देशब्यापी वडा महासंघ गठन गरिने


Sabalnews प्रकाशित मिति : शनिबार, असोज १३ २०८०
1.2K

पाल्पा ।

पाल्पामा भएको जिल्लाका वडा अध्यक्षहरुको भेलाले नेपाल वडा संघ तदर्थ समिति पाल्पा गठन गरेको छ ।

देश संघीयतामा गईसकेपछि घर-घरमा सेवा, गाउँ- गाउँमा सिंहदरबार भनेपनि नागरिकको नजिकको र राज्यको तल्लो तह वडामा राज्यले पुरा अधिकार नदिएको जसका कारण सेवा प्रबाहमा नागरिक र राज्यले चाहेजस्तो सेवा दिन नसकिएको जनाउदै देशब्यापी महासंघ गठन गर्ने गरि पाल्पामा नेपाल वडा तदर्थ संघको समिति गठन गरेको हो ।

शुक्रवार पाल्पाको तानसेनमा भएको जिल्लाका १० पालिकाको ८१ वडाका वडा अध्यक्षहरुको भेलाले तानसेन ९ का वडाध्यक्ष राजेश कुमार अर्यालको संयोजकत्वमा १७ सदस्यीय नेपाल वडा संघ पाल्पा गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटा र तानसेन ५ का वडाध्यक्ष रामबहादुर रावल, सचिवमा बगनासकाली ९ का वडाध्यक्ष थानेश्वर तिमल्सिना, सह-सचिवमा माथागढी १ का वडाध्यक्ष राजकुमार पन्थी, कोषाध्यक्षमा तिनाउ ५ का वडाध्यक्ष इन्द्रा चिदी,यस्तै सदस्यहरूमा रामपुर ३ का वडाध्यक्ष दामोदर पाठक, निस्दी गाउँपालिका वडा न ३ का वडाध्यक्ष नवीन्द्र सोती, रम्भा १ का वडाध्यक्ष ईश्वरी काफ्ले, पुर्वखाेलाका वडाध्यक्ष निरबहादुर सारु, वडाध्यक्ष योग बहादुर ठाडा, बगनासकाली ५ वडाध्यक्ष ओमप्रकाश गैरे, तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जन ,रिब्दीकोट १ का वडाध्यक्ष चिरञ्जीवी पोखरेल, वडाध्यक्ष यादव गैरे र रैनादेवी छहरा ४ का वडाध्यक्ष गोविन्द रायमाझी चयन हुनुभएको छ । एक जना पछि मनोनित गरिनेछ ।

नवगठित समितिका संयोजक अर्यालले आम नागरिकसम्म सहज र सरल सेवा पुर्‍याउन तथा आर्थिक र अन्य अधिकार पुर्ण वडा स्थापित गर्न सम्बन्धित निकाय र देशभर नै समन्वय गरि नेपाल वडा महासंघ गठन गर्ने जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाले आयोजना गरेको वडाअध्यक्षहरुको भेलाले वडा कार्यालयलाई प्रदान गरिएका अधिकार, कर्तव्य र जिम्मेवारीका विषयमा सामूहिक छलफल गरी १७ बुदे पाल्पा घोषणा पत्र जारी गरेको छ ।

१) पाल्पा जिल्लाका सम्पुर्ण वडाध्यक्षहरु पुर्ण इमान्दार, निष्ठा र सेवाभावका साथ काम गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।

२) नेपालको सरकारी संरचनाको जगको रुपमा रहेको स्थानीय तहको तल्लो संरचना वडा कार्यालयलाई आर्थिक अधिकार प्रदान गरी जनतालाई टाढा होइन नजिक सेवा प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने ।

३) स्थानीय तहमा सञ्चालित योजनाको सम्झौता र भुक्तानीको अधिकार वडा कार्यालयमा व्यवस्था गर्नुपर्ने ।

४) संघीयताको नाममा केन्द्रिकृत गर्ने ऐन, कानुन र नियमावलीहरु संशोधन गर्नुपर्ने ।

५) वडा भित्रको स–साना विपद समाधान, सामान्य स्टेशनरी, भैपरी आउने समस्या लगायतका लागि पालिकाको केन्द्र धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने ।

६) वडा कार्यालयको सिफारिसमाथि सोधपुछ, सर्जिमिन, प्रहरी सर्जमिन गर्ने क्रियाकलाप अन्त्य गर्नुपर्ने ।

७) स्थानीय तहलाई सञ्चालन गर्न बनेका स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ खर्च गर्ने अख्तियारी र कार्यविधिको दफा ५ मा खर्च खाताको सञ्चालनको अधिकार वडा सचिव र अन्य एक सो सरहको कर्मचारीबाट हुने व्यवस्था मिलाउनुपर्ने ।

८) वडा कार्यालयको सिफारिसको आधारमा सिफारिसकर्तालाई कारबाही हुने व्यवस्थाको अन्त्य हुनुपर्ने ।

९) कर्मचारीले भर्ने फाराममा असल नियतले गरेको भए कारबाही नहुने, जनप्रतिनिधीले भर्ने फाराममा गल्ती भए कारबाही हुने जस्तो विभेदकारी व्यवस्था समायोजन हुनुपर्ने ।

१०) स्थानीय तहको केन्द्रमा आएको स्रोत र अधिकार कानुनी व्यवस्था नगरी तल नझर्ने हुनाले वडा तहसम्म अधिकार र स्रोत समानुपातिक रुपमा सुनिश्चित गर्नुपर्ने ।

११) बाँदर, दुम्सी, बँदेल जस्ता वन्यजन्तु आक्रमणबाट आजित जनतालाई मुक्ति र न्याय दिन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने ।

१२) सिंहदरबारको अधिकार घरघरसम्म पुर्याउने र केन्द्रित शासन प्रणालीलाई विकेन्द्रित गर्ने नारालाई साँचो अर्थमा कार्यान्वयन गर्न नेपाल सरकार, राजनीतिक दल, प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरुसँग आह्वान र अपिल गर्ने ।

१३) स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दरबन्दी कायम गरिएका कर्मचारीको अविलम्व व्यवस्था गर्ने ।

१४) वडा कार्यालयमा परका राजनीतिक, कानुनी र सार्वजनिक रुपले परेका समस्याहरुलाई एकतावद्ध रुपले समाधान गर्ने र देशभरका वडाअध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरुलाई संगठित रुपले आवाज उठाउने यो अभियानमा सहभागी हुन आह्वान गर्ने ।

१५) वडाअध्यक्षहरुको जिल्लाव्यापी भेला आयोजना गर्न सहयोग गर्ने जिल्ला समन्वय समिति पाल्पालगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने घोषणामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com