स्वास्थ्यकर्मी शर्माद्वारा अक्षयकोष स्थापना
पाल्पा ।
पाल्पाका स्वास्थ्यकर्मी रुक्मागत शर्माले पाल्पा उद्योग वाणिज्य संघमा १ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
हरेक वर्ष सरकारी स्कूलका कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने गरिब तथा जेहन्दार एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षकोष स्थापना गरेको शर्माले बताउनुभयो ।
संघमा आवद्ध उद्योगी, व्यवसायीहरुका छोरा छोरीहरु मध्येबाट हरेक वर्ष एक जनालाई छात्रवृत्ति स्वरुप १० हजार दिने गरी अक्षयकोष स्थापना गरेको हु, स्वास्थ्यकर्मी शर्माले भन्नुभयो ।
उद्योग वाणिज्य संघको ६९ औं साधारण सभाको अवसरमा उक्त अक्षकोषको घोषणा गरिएको हो । अक्षयकोषको व्याजबाट आउने दश हजार प्रतिबर्स्ष छात्रवृत्तिका रुपमा विद्यार्थीलाई दिइनेछ । शर्माले अक्षकोषको रकमको चेक संघका अध्यक्ष शैलेन्द्र भट्टराईलाई हस्तान्तरण गर्नुुुभयो। चेक रकम ग्रहण गर्दै संघका अध्यक्ष भट्टराईले शर्माद्वारा स्थापित उक्त अक्षयकोषको सहि सदुपयोग हुने बताउनुुुभयो ।