2

Logo २०८३ बैशाख १३ आइतबार
श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने तीन पत्रकार पुरस्कृत

श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने तीन पत्रकार पुरस्कृत


Sabalnews प्रकाशित मिति : सोमबार, असोज ८ २०८०
813

श्रम रोजगार पत्रकार समूह र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले पुरस्कार प्रदान गर्नुभयो ।

उपत्यका, मोफसल र प्रवासमा रहेका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको समूहका अध्यक्ष सुनील न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा श्रममन्त्री भण्डारीले आप्रवासन विश्वव्यापी परिघटना भएको उल्लेख गर्दै नेपाल सरकार राष्ट्रिय आप्रवासन नीति मस्यौदा गर्ने प्रक्रियामा रहेको बताउनुभयो। ‘आन्तरिक होस् वा बाह्य आप्रवासनलाई व्यवस्थापन गर्नुपर्छ, वैदेशिक रोजगारी रोकेर रोकिँदैन, यसलाई व्यवस्थित गर्नुपर्छ,’उहाँले भन्नुभयो- ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको छ ।’

त्यसैगरि  राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी खतिवडाले वैदेशिक रोजगारीका अवसरलाई लैंगिक रुपमा विभेद गर्न नहुने उल्लेख गर्दै वैदेशिक रोजगारीका क्रममा भएका ठगीका घटनामा संलग्नलाई कडा कारबाही गरिनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com