2

Logo २०८३ बैशाख १३ आइतबार
राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुर जादै

राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुर जादै


Sabalnews प्रकाशित मिति : सोमबार, असोज ८ २०८०
1K

काठमाडौ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शन एवं जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटनका लागि जनकपुरधाम जानु हुने भएको छ।

राष्ट्रपति पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरिएको छ । आज दिउँसो १ बजे सांस्कृतिक केन्द्र सभा हलमा कार्यक्रम आयोजना हुनेछ ।

सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहनेछ ।

२०५७ साल शिलान्यास भएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुन लागेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com