2

Logo २०८३ बैशाख १३ आइतबार
आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच पुन: वार्ता

आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच पुन: वार्ता


Sabalnews प्रकाशित मिति : बिहिबार, असोज ४ २०८०
764

काठमाडौं ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधस्वरूप आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच पुन: वार्ता हुने भएकाे छ।

बुधबारदेखि राजधानीको माइतीघरमा जम्मा भइ आन्दोलन गरिरहेका देशभरका शिक्षकहरूले  दोस्रो दिन बिहीबार पनि प्रदर्शन जारी राखेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी शिक्षकका प्रतिनिधिहरू र सरकारबीच आज बिहान गृहमन्त्रालयमा वार्ता भएको थियो।

त्यसपछि पुन:माइतीघर, सिंहदरवार हुँदै नयाँ बानेश्वर पुगेका शिक्षकहरूलाई वार्तामा ल्याइ सहमति जुटाउन सरकार क्रियाशील छ। यसका लागि आज दिउँसो ३ बजे गृहमन्त्रालयमा दुई पक्षबीच वार्ता हुँदैछ।

आन्दोलनका कारण आज काठमाडौं उपत्यका भित्रका सबै सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध छ भने यात्रायात समेत प्रभावित छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com