2

Logo २०८३ बैशाख १३ आइतबार
प्रधानमन्त्री दाहाल आज अमेरिका प्रस्थान

प्रधानमन्त्री दाहाल आज अमेरिका प्रस्थान


Sabalnews प्रकाशित मिति : शनिबार, भाद्र ३० २०८०
855

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्नुभएको छ ।

आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट दाहाल अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । आगामी १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री  त्यसतर्फ जानुभएको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ।

प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन्।

महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनुहुनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुग्ने विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजित रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ ।

महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानुहुनेेेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com