संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि हुने
काठमाडौं।
सरकारले संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएकाे छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्ताे निर्णय गरेकाे हाे।
अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि भएको बताइएकाे छ। तर अन्त्यष्टि मंगलबार हुन्छ कि बुधबार हुन्छ भन्ने यकिन छैन । परिवारका सदस्यहरु आएर मात्र अन्त्यष्टि हुने परिवारले जनाएला छन् ।
नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको थियो।
नेम्वाङको मंगलबार बिहान १:३० बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियाे। बाथरुम जानू भएका नेम्वाङलाई हृदयघात भएको स्वकिय सचिवले जानकारी दिनुभयो ।