2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली कांग्रेसद्दारा आयोजित बीपी साहित्य महोत्सव शुरु

नेपाली कांग्रेसद्दारा आयोजित बीपी साहित्य महोत्सव शुरु


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र २४ २०८०
897

काठमाडौं ।

नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सव शुरु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय र नेपाल लेखक संघको संयोजनमा आज भदौ २४, २५ र २६ गते बीपी साहित्य महोत्सवको पार्टी कार्यालय सानेपामा आयोजना गरिएको छ ।

११०औं बीपी जयन्तीको अवसरमा बीपी साहित्य महोत्सव गरिएको हो जहाँ महोत्सवका १२ वटा सेसन छन् । महोत्सवमा कविता, गजल र सांगीतिक साँझका साथै चित्रकला, वृत्तचित्र र ऐतिहासिक फोटो प्रदर्शनी कार्यक्रम पनि रहेको प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो । बिहान ९ देखि साझ ७ बजेसम्म चल्ने महोत्सवको पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

यस्तै मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, युवा स्रष्टामा बीपी पठन रपरिवारले बुझेका बीपी गरी १२ वटा सत्रहरु रहने छन् ।

फोटो- नेपाली काङ्ग्रेस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com