2

Logo २०८३ बैशाख १३ आइतबार
कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पतालको घटनाका दोषीलाई कडा कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र २४ २०८०
1.2K

काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा दोषी देखिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारवाही गरिने बताउनुुुभएको छ ।

इजिप्टको राजधानी कायरोमा सम्पन्न जनसंख्या र विकास सम्बन्धी विश्व सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले आफुले ईजिष्टमा रहेका बेला कान्तिको घटनाका बिषयमा थाहा पाएको बताउदै लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोषन पोखरेललाई फोन गरेर घटनाका बिषयमा छानविन समिति बनाएर दोषीलाई कडा कारवाही गर्न निर्देशन दिएको बताउनुभयो ।

मन्त्री बस्नेतले आफुले यस बिषयमा थप बुझेर दोषीमाथि कडा कारवाही गर्न पछि नपर्ने बताउनुुुभयो। स्वास्थ्य अवस्था जटिल भएकी एक बालिकालाई आकस्मिक कक्ष बाहिर घण्टौँ राखिएको र उपचार नपाई ज्यान गएको भन्ने खबर सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनपछि कान्ति बाल अस्पतालले छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरु दाहाल सदस्य भएको छानविन समिति गठन गरेको हो । उक्त समितिलाई भदौ १८ गते सोमबार रातको समयमा अस्पतालको इमरजेन्सी वार्डमा भएको घटनाको सत्यतथ्य पत्ता लगाई पाँच दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले १८ गते साँझ ५ बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीको उपचार नपाएपछि सोही साँझ ७:१० बजे रेजिशाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com