सबल न्युजका सम्पादक डोटेल सम्मानित
काठमाडौं ।
सबल न्युज डटकमका सम्पादक सीता डोटेल सम्मानित हुनुभएको छ ।
मानव बेचबिखन विरुद्धको १७ औं राष्ट्रिय दिवसका अबसरमा मानव बेचबिखन नियन्त्रणमा पत्रकारिताका माध्यमबाट सहयोग पुर्याएको भन्दै नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले डोटेल सहित ७ जनालाई नगदसहित सम्मान गरेको हो ।

भदौ २० गते दिवसको अबसरमा मन्त्रालयले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री माननीय सुरेन्द्रराज आचार्य, राष्ट्रिय योजना आयोगका अध्यक्ष, माइती नेपालका सस्थापक अध्यक्ष तथा पुर्व प्रदेश प्रमुख अनुराधा कोइराला, सहित राष्ट्रिय महिला आयोग, महिला बालबालिकाको क्षेत्रमा क्रियाशिल सस्था एटविनका अध्यक्ष लगायतले सम्मान गर्नुभएको हो ।

जनही नगद ३५ हजार सहित सम्मान पत्र र सल ओढाएर सम्मान गरिएको थियो । पत्रकार डोटेल विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहनुभएको छ । रेडियो पत्रकारिताबाट पत्रकारिता शुरु गर्नुभएका डोटेल दैनिक पत्रीका हुँदै अहिले सबल न्युज डटकम अनलाइन पत्रीकामा आबद्द हुनुहुन्छ । पाल्पा जिल्लामा रहेर सामुदायिक रेडियो रामपुर शुभारम्भ गर्नदेखि लिएर उहाँ स्थानीय पाल्पाका संचारमाध्यम हुँदै लुम्बिनी प्रदेश बुटवलबाट प्रकाशित दैनिक पत्र दैनिक पत्रीका सहित पछिल्लो समय सबल न्युजमा आबद्ध रहनुभएको हो ।
