2

Logo २०८३ बैशाख १३ आइतबार
मानव बेचबिखन संगठित र जघन्य अपराध भएकोले रोकथाममा पनि संगठित प्रयास आवश्यक

मानव बेचबिखन संगठित र जघन्य अपराध भएकोले रोकथाममा पनि संगठित प्रयास आवश्यक


Sabalnews प्रकाशित मिति : बिहिबार, भाद्र २१ २०८०
1.3K

काठमाडौं ।

मानव बेचबिखन एक संगठित र जघन्य अपराध भएको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । फरक- फरक प्रकृति अपनाई मानव बेचबिखनको जगन्य अपराध भईरहेको बताउदै सहभागीले यसको नियन्त्रणमा समेत संगठित प्रयासको आवश्कता रहेको औल्याएका हुन् ।

“सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखन निर्मूलन” भन्ने नाराका सहित मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सत्रौं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंको प्रज्ञा भवनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यो कुरामा जोड दिएका हुन् । उनीहरुले सरकार, सम्बद्ध संघ सस्था र आम नागरिकबीच सहकार्य र समन्वय गरेर मानव बेचबिखन जस्तो संगठित र जघन्य अपराध नियन्त्रण गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमका अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक न्याय र आर्थिक सशक्तिकरणको माध्यमबाट नै मानव बेचबिखन अन्त्य र मर्यादित समाज निर्माण गर्न सकिने बताउनुभयो । मन्त्री आचार्यले मानब बेचबिखन नियन्त्रण र रोकथामका लागि सरकार प्रतिबद्ध रहेको र विभिन्न पहल भईरहेको उल्लेख गर्नुभयो । दिवसले सबैलाई मानव बेचबिखन बिरुद्दमा लाग्न थप उर्जा र उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

माइती नेपालका संस्थापक अध्यक्ष एवं पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालाले दिवस मनाउने कार्यलाई मात्र प्राथमिकता नदिई मानव बेचविखन नियन्त्रण कार्यमा निरन्तर लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले मानव बेचबिखन नियन्त्रण तथा यसको न्यूनीकरणको लागि अनिवार्य र निःशुल्क शिक्षामा जोड दिनुपर्ने बताउनुभयो।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सारभुत रुपमा मानव बेचबिखन मुक्त समाज निर्माणका लागि तीनै तहको सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले राज्यले मानव बेचबिखन प्रभावितको लागि सामाजिक सुरक्षा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । महिला बालबालिकाका क्षेत्रमा क्रियाशिल सस्था एटबिनका अध्यक्ष सीता पौडेलले मानव बेचबिखनका कारण र यसमा पर्ने संभावनाका जडमा नपुगी निर्मुल नहुने बताउदै दर्दनाक अबस्थाबाट छोरी चेलीबेटी जोगाउन सबैको साथ उत्तिकै रहने बताउनुभयो ।

समारोहमा मानव बेचविखन तथा ओसारपसार रोकथाम र नियन्त्रणको क्षेत्रमा सचेतना फैलाउने एवम् उद्दार गर्ने कार्यमा सक्रिय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुको उच्च मूल्याङ्कन गर्दै पुरस्कार तथा सम्मान गरिएको थियो ।

सामाजिक न्याय र आर्थिक सशक्तिकरण मानव बेचविखन निर्मूलन: भन्ने नाराका साथ आयोजना गरीएको मुल समारोहमा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य सहित अतिथिहरुले सम्मान गर्नुभएको हो ।

मन्त्रालयले सबल न्युज डटकमका सम्पादक सीता डोटेल सहित ७ जनालाई सम्मान गरेको छ । यो सम्मानले सामाजिक न्यायका लागि अझै सशक्त भएर लाग्न थप उर्जा मिलेको सम्पादक डोटेलले बताउनुभयो । गाउँ-गाउँबाट बेचिन बाध्य महिला बालबालिकाको कहाली लाग्दो अबस्था र फर्किएकाहरुको सहजै घुलमिल हुने अबस्था राज्य र समुदायले सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा माननीय मन्त्री,  मन्त्रालयका सचिव , पूर्व प्रदेश प्रमुख, प्रतिनिधी सभा तथा राष्ट्रिय सभा सदस्यहरु, संवैधानिक निकायका प्रमुख तथा सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो । शक्ति नेपालले सन्देशमुलक नाच प्रस्तुत गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com