2

Logo २०८३ बैशाख १४ सोमबार
इस्मा गाउँपालिकाद्दारा जेष्ठ नागरिकलाई सम्मान

इस्मा गाउँपालिकाद्दारा जेष्ठ नागरिकलाई सम्मान


Sabalnews प्रकाशित मिति : सोमबार, भाद्र १८ २०८०
680

गुल्मी ।

गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । हर्पुकोटमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी, वडाअध्यक्ष शेरबहादुर कुँवरले जेष्ठ नागरिकलाई सम्मान स्वरुप हर्लिक्स, च्यावनप्रास र छाता वितरण गर्नुभयो ।

पालिकाको वडानम्बर १ मा रहेका ८६ वर्ष माथिका २० जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप स्वास्थ्य वर्दक सामाग्री प्रदान गरिएको वडाअध्यक्ष कुँवरले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य परामर्श समेत दिईएको छ।जीवनको उर्जाशिल उमेर परिवार र समाजलाई खर्चिएर बृद्ध बन्नु भएका जेष्ठ नागरिकसँग पालिका सँगसँगै छ भन्ने सन्देश प्रवाह गर्न सामाग्री प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।

सोही कार्यक्रममा पालिका अध्यक्ष खड्का, उपाध्यक्ष कुँवरले जेष्ठ नागरिकसँग समस्याहरुसँगै सुझाव सल्लाह आदानप्रदान गरेका छन् । जेष्ठ नागरिकका समस्या बुझने र अनुभव सुझावलाई आत्मसाथ गरेर अगाडी बढने उदेश्य पालिकाको रहेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com