नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली
काठमाडौँ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ। सेजनको २५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष ओलीले ९९ मत ल्याउदा प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याउनुभएको थियो । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित हुनुभयो । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको हो भने सचिवमा सोभित थपलिया र कोषाध्यमा अच्युत पुरी निर्वाचित भएका हुनुभयो ।
सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा रहनुभएको छ । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।