2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरियो,३ को मृत्यु

पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरियो,३ को मृत्यु


Sabalnews प्रकाशित मिति : बुधबार, भाद्र १३ २०८०
1.6K

पाल्पा ।

पाल्पाको तानसेन तम्घास सडक खण्डको जोर्तेमा पहिरोले स्र्कापियो गाडी पुरिदा तीन जनाको मृत्यु भएको छ । ७ जना यात्रु घाइते भएका छन् ।

घाइते ७ जनालाई हार्थोक र अर्गली प्रहरी चौकिले उद्धार गरि उपचारको लागि मिसन अस्पताल लगेको छ । गुल्मीको तम्घासबाट बुटवलका छुटेको रुरु रेसुङगा यातायात प्रालिको लु १ ज ४६०० नं स्कोरपिओलाई सडक माथिबाट खसेको सुुखा पहिरो सहितको ठुलो ढुंगाले पुरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ र बाँकीको अवस्था मध्यम रहेको रहेको पाल्पा प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो । घाइतेको पाल्पा सदरमुकाम स्थित यूनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भईरहेको छ । मृतक तीनै जनाको पहिचान खुल्न भने सकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com