शंकास्पद गतिविधिमा संलग्न पेशल र डम्बरउपर कारबाहीकाे माग
ओखलढुंगा ।
ईलाका प्रसाशन कार्यालय खिजीफलाटेमा कार्यालय प्रमुख पेशल बिक र तत्कालिन ईलाका प्रशासन प्रमुख समेत रहेका खिजीदेम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर रजन मगरको शंकास्पद गतिविधि गर्दै आएको आरोप लागेको छ ।
कार्यालय समय सकिएपछि रातीको समयमा ईलाका प्रशासनमै खाने, खेल्ने, मैत्रीपूर्ण भेटघानट र भला कुसारीका नाममा अनेकन शंकास्पद गतिविधि गर्दै आएकाे स्थानीयले दाबी गरेका छन् । कार्यालय समयपछि खाने, खेल्ने, मैत्रीपूर्ण भेटघान र भलाकुसारी गर्ने आफ्नो अधिकार भएको भन्दै विज्ञप्ति नै प्रकाशन गरेर आफ्नो कर्तुत उदांगो पारेका बिक र मगरले साउन ३२ गते राती कार्यालयमा गएर गाउँपालिका प्रमुख गम्बु शेर्पाकाे विवादीत नागरिकता सम्बन्धि कागजात मिलाउन खाेजेकाे आराेप छ ।
शंकास्पद गतिविधिका विषयमा समाचारहरु बाहिरिएपछि सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुको स्ट्याटसलाई लिएर उनिहरुले विज्ञप्तिसहित प्रहरीमा उजुरी गरेर इप्रकामा उनिहरुको विगत देखिनै रजगज चलाउदै आएको आफैले पुष्टि गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा कसैको नाम किटान नगरी ‘ओखलढुंगा खिजी फलाटे इलाका प्रशासन कार्यालयबाट साँझ ७ बजेपछि सेवा प्रवाहको भएको छ ।
कर्मचारीहरु जनताप्रति थप जिम्मेवार बनेको देखियो’ भन्ने स्ट्याटसलाई लिएर बिक र मगर आफुले आफैलाई इंगित गर्दै अत्तालिएका छन् । सोही क्रममा उनिहरुले प्रहरीमा उजुरी दिने, विज्ञप्ति प्रकाशन गर्ने र आफ्ना निकटस्थहरुमार्फत सयका ट्याटस विरुद्ध सामाजिक सञ्जालबाट गालि गर्ने, फोन गरेर धम्की दिन लगायत हर्कतहरु गरिरहेका छन् ।
साउन ३२ गते राती साढे सात बजेपछि आफ्नो सरोकार नै नभएको कार्यालय (खिजीदेम्बा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत) डम्बर रजन मगर र सोही इलाका प्रशासनका प्रमुख पेशल बिकसहित व्यक्तिहरु सरकारी अड्डामा पसेको थाहा पाएपछि स्थानीयले प्रहरी प्रशासनलाई खवर गरेका थिए । गस्तीमा खटिएको प्रहरी टोली त्यहाँ पुग्दा उनिहरु कर्मचारी क्वाटारमा रहेको प्रहरीले जानाएको छ । तर ती कर्मचारीहरु राती किन सरकारी अड्डामा पसे भन्ने अनुसन्धान गर्न प्रहरी प्रशासन समेत मुकदर्शक बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पा र सोही ईलाका प्रसाशन कार्यालयसमेत विपक्षी रहेको दोहोरो नागरिकता सम्बन्धी मुद्दा उच्च अदालतमा चलिरहेको र अदालतबाट सक्कल कागजातको प्रमाणीत प्रतिलिपी पेश गर्ने आदेश भएकै भोलीपल्ट रातारात कार्यालयमा कार्यालय प्रमुख बिक र पूर्व कार्यालय प्रमुख रहेका गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मगरको अनाधिकृत प्रवेशलाई लिएर सिंगो गाउँपालिकाबासीले प्रश्न गरिरहेका छन् । सम्बन्धीत प्रहरी प्रशाशन भने उनिहरुलाई अनुसन्धानको दायरामा ल्याउनुको सट्टा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको उजुरी तर्दा गराएर निगरानी गरिरहेका छन् । गस्तीमा रहेको प्रहरी टोली आउने थाहा पाएपछि बिक र मगर कार्यालयबाट बाहिरिएको प्रत्यक्षदर्शीहरुले दाबी गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत मगर जिल्ला सदरमुकाम ओखलढुंगाबाट सोही दिन खिजीफलाटे पुग्नुभएकाे थियाे । गत स्थानीय तहको निर्वाचनताका इलाका प्रशासन प्रमुख रहेका मगरले गाउपालिका अध्यक्ष गम्बु शेर्पालाई नागरिकता प्रमाण्पत्रको प्रतिलिपी दिनुभएकाे थियाे । शेर्पा पालिका अध्यक्ष भएसँगै मगरलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर लगिएको थियो । अदालतमा मुद्दा चलिरहेको र आवश्यक सक्कल कागजात मागभएको अवस्थामा कर्मचारीहरु रातारात कार्यालयमा पसेर थप कागजात बनाउने मनसाय देखिएकाले बिक र मगरमाथि अनुसन्धान सहित कारबाही गर्नुपर्ने नागरिकता किर्ते सम्बन्धी मुद्दाका पक्ष भुपेन्द्र बस्नेतले माग गर्नुभएकाे छ ।