नवदुर्गा माबिमा विद्यार्थीको मुख तथा दात परिक्षण
पाल्पा ।
नवदुर्गा माध्यामिक विद्यालय रामपुर नगरपालिका ६ का विद्यार्थीको मुख तथा दात परिक्षण गरिएको छ ।
विद्यालयको आयोजना तथा होराइजन डेण्टल कलेज रामपुरको सहयोगमा शिक्षक तथा विद्यार्थी गरेर २ सय ७५ जनाको दाँत तथा मुखको परिक्षण गरिएको शिक्षक प्रधानाध्यापक भानुभक्त न्यौपानेले जानकारी दिनुभयो । मौसम परिवर्तन र आउन सक्ने समस्यालाई मध्यनजर गर्दै स्कुलमा चलाइएको शिबिरले धेरै विद्यार्थी शिक्षकलाई सहज भएको न्यौपानेले बताउनुभयो ।
अन्य रोगको तुलनामा दाँत तथा मुखको उपचार जटिल समस्या भएपछि मात्र गरिने बानीले समयमै बालबालिकामा दाँत सम्बन्धी समस्या समाधान गर्न सहज होस् भन्ने उद्देश्यले बेला बेला विद्यालयमा दन्त शिविर आयोजना गर्दै आएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जनक भण्डारीले बताउनुभयो ।
करिब ८० प्रतिशत कुमाल समुदायका बालबालिका अध्ययनरत यस विद्यालयमा सचेतनामुलक कार्यक्रमलाई जोड् दिदै आएको जसले गर्दा उनीहरुलाई सचेत बनाउन तथा समस्या पत्ता लगाउन समेत सहज हुने शिक्षक दिपेन्द्र भट्टराईले बताउनुभयो ।