2

Logo २०८३ बैशाख १५ मंगलबार
विश्वहिन्दु परिषद् द्दारा प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र

विश्वहिन्दु परिषद् द्दारा प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र


Sabalnews प्रकाशित मिति : शनिबार, भाद्र २ २०८०
1.1K

पाल्पा ।

गोरु काटेर भोज खानेलाई कारबाहीको माग गर्दै विश्व हिन्दु परिषद् नेपाल जिल्ला कार्य समिति पाल्पाले जिल्ला प्रशासन कार्यालय पाल्पामा ज्ञापन पत्र बुझाएको छ ।

सार्वजनिक रुपमा धरानमा हालै तारेखमा छाडिएको समूहले सार्वजनिक रुपमा गोरुको हत्या गरेर भोज खाएको प्रति ध्यानाकर्षण गराउदै पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समितिले जनाएको छ ।

यसरी गौबंशको हत्या गरी भोज गरेर सामाजिक सन्जालमा भिडियो बनाएर सार्वजनिक गर्दा समेत प्रहरी प्रशासन मौन रहेको उल्लेख गर्दै यस्ता घटना घटाउनेलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाहीको माग गरिएको छ । घटनाप्रति ध्यानाकर्षण भएको बताउदै गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउने बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी बास्तोलालाई समितीका जिल्ला प्रतिनिधी रामप्रसाद भण्डारी र नारायण प्रसाद भट्टराईले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउनुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com