2

Logo २०८३ बैशाख १३ आइतबार
आँखाका बिरामी देशभर बढे, पाल्पाका निजी तथा संस्थागत विद्यालय बन्द

आँखाका बिरामी देशभर बढे, पाल्पाका निजी तथा संस्थागत विद्यालय बन्द


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन ३२ २०८०
3.2K

पाल्पा । 

पछिल्लो केही हप्ता यता देशभर आखामा समस्या भएका बिरामीको संख्या बढेको छ । पाल्पा जिल्लामा पनि आँखाको बिरामीको चाप अस्पतालमा बढेको छ । जिल्लाका आँखा अस्पताल र स्वास्थ्य सस्थामा उपचार गर्नेहरु बढेका छन् ।

जिल्लाको रामपुर नगरपालिकामा रहेका निजी तथा संस्थागत विद्यालयहरुले आँखा दुख्ने समस्या विद्यार्थीमा तिब्र बढेको जनाउदै बन्द गरेका छन् । विद्यार्थी तथा शिक्षकको आँखामा समस्या देखिन थालेपछि आगामी आइतवारसम्मका लागि विद्यालय बन्द गरिएको हो । सरकारी विद्यालय भने यथाथत संचालन छ ।

रामपुर नगरपालिका शिक्षा शाखाले आँखाका बिरामी बढी देखिएका विद्यालयमा विद्यालय व्यवस्थापन समितीको बैठक बसेर बिदा दिन अनुरोध गर्दै सुचित गरेको थियो । शिक्षा शाखा प्रमुख विकल काफ्लेद्धारा हस्ताक्षरित सुचनामा आँखाको समस्या देखिएमा सरसरफाईमा ध्यान दिन, आँखा नमाड्न, आफूले प्रयोग गर्ने रुमाल अरुलाई नदिन, बाहिर निस्कदाँ कालो चस्मा प्रयोग गर्न सुचित गरेको छ ।

यता कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरले  आँखाका बिरामी अत्याधिक बढेको जनाएको छ । अस्पतालका प्रमुख सुन्दर रानाले पाल्पा सहित छिमेकी जिल्ला स्याङ्जा, तनहुँ, नवलपुर जिल्लाका आँखाका बिरामी उपचारको लागि  आउने गरेको जानकारी दिनुभयो । उहाँले अन्य समय सरदर करिब ४० देखी ७० जना सम्म विरामी आउने गरेकोमा पछिल्लो समय दैनिक ३ सय सम्म बिरामीको परिक्षण गरिएको बताउनुभयो । उहाँले अस्पतालमा जनशक्ति कम भएपनि मिलाएर बिहान देखी लगातार परिक्षण गर्ने गरिएको जानकारी दिनुभएको छ ।

धेरैजसो आँखा रातो हुने, चिलाउने, दुख्ने बिरामीहरु केन्द्रसम्म पुग्ने गरेका छन् । यता रामपुर अस्पतालमा पनि आँखाका विरामी बढी आएको अस्पतालले जनाएको छ । धेरै जसो विरामी आँखा उपचारकेन्द्र तर्फ जाने गरेपनि दैनिक २ सय ५० देखी ३ सयको संख्यामा विरामी आउने रामपुर अस्पतालमा आखाँका बिरामी २० देखी ३० जनासम्म दैनिक उपचारका लागि आउने गरेको सुचना अधिकारी पंकज पटेलले जानकारी दिनुभयो ।

छिमेकी चापाकोट नगरपालिका स्याङ्जाले पनि एक सुचना प्रकाशन गरी साउन २९ गतेदेखी भदौ १ गतेसम्म सबै विद्यालयमा सार्वजनिक विदा दिएको छ । पालिकामा आँखाका विरामी बढेसँगै आँखा पाक्ने सरुवा रोग भएकोले यसको संक्रमण फैलिन नदिन हिँउदे विदा कट्टि हुने गरी विद्यालय बन्द गर्न अनुरोध गरिएको निमित्त प्रमुख प्रसाकिय अधिकृत उदयराज देवकोटाले जानकारी दिनुभयो । आँखाका बिरामी बढेसँगै भिडभाडमा नजान र सुरक्षित रहन स्वाश्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com