2

Logo २०८३ बैशाख १३ आइतबार
देशभरको पालिकामा शिक्षकहरुले दिए धर्ना

देशभरको पालिकामा शिक्षकहरुले दिए धर्ना


दिपेन्द्र भट्टराई प्रकाशित मिति : आइतबार, साउन २८ २०८०
3.6K

पाल्पा ।

नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको कार्यक्रम अन्तर्गत आज नेपाल शिक्षक महासंघले देशभरको स्थानीय तहमा धर्ना दिएको छ ।

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबिच बिगतमा भएको सम्झौता बिपरीत सरकारले शिक्षा ऎन ल्याउन लागेको बताउदै शिक्षक तथा कर्मचारीले पालिकामा धर्ना दिएर आन्दोलनको शुरुवात गरेका हुन् ।

नेपाल शिक्षक महासंघ पाल्पाले जिल्लाका सबै स्थानीय तहमा धर्ना दिएको छ । महासंघ रामपुर नगर समितिले पाल्पाको रामपुर नगरपालिका कार्यालय गेटमा धर्ना सहित ज्ञापन पत्र बुझाएको छ ।

महासंघको पहिलो चरण अन्तर्गतको पालिका स्तरिय धर्ना कार्यक्रम अनुसार रामपुर नगरपालीकाको प्रांगणमा आइतबार ३ घन्टा धर्ना दिदै ज्ञापनपत्र बुझाईएको हो।

नेपाल शिक्षक महासंघ रामपुरका अध्यक्ष बद्री घिमिरेको  अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्याल सहितको शिक्षकहरुको टिमले रामपुर नगरपालीकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत चेमन प्रकाश पोखरेल मार्फत केन्द्रिय सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपालमा रहेका सबै प्रकारका शिक्षकहरुको पेशागत सुरक्षा र हक अधिकार सम्बन्धि यस अघि सरकार संग भएको ५१ बुदे समझदारीको सम्बोधनको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको शिक्षक दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो । शिक्षकहरुले स्थानीय तह, प्रदेश र केन्द्रमा दवाब सिर्जना स्वरुप देशभरबाट ध्यानाकर्षण गराउदै आएका छन् ।

शिक्षकहरुको मागप्रति सरकार उदासिन रहेको र सम्पुर्ण स्थाई र अस्थाई शिक्षकहरुको मागलाई बेवास्था गकि गैह्र जिम्मेवार तरिकाबाट शिक्षा ऎन ल्याउन लागेकोमा महासंघले घोर आपत्ति जनाउदै आन्दोलनको घोषणा गरेको हो । पेशागत सुरक्षाको लागि गठित शिक्षक संघर्ष समिति पाल्पाले शिक्षकहरुको हकहित विरुद्ध कुनै समझदारी सहकार्य नगर्ने बताउदै सबै शिक्षक कर्मचारीको हितको लागि महासंघ लड्ने नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले बताउनुभयो ।

महासंघले केन्द्रिय कार्यक्रम अनुसार अब प्रदेश र केन्द्रमा चरणबद्ध धर्ना कार्यक्रम र ध्यानाकर्षण गराउने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com