लागुऔषधसहित पाल्पामा एक जना पक्राउ
पाल्पा ।
पाल्पाको सदरमुकाम तानसेनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
तानसेन–२ नारायणस्थानस्थित एक घरमा डेरा गरी बस्दै आएका सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थायी ठेगाना बताउने २४ वर्षीय कमल कुमार खड्का लागुऔषधसहित पक्राउ गरेको हुन् । खड्काले कोठाबाटै लागुऔषध लुुकाई छिपाई बेचविखन गर्दै आएको भन्ने गोप्पे सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काले ग्यास सिलिण्डरमाथि चामलको बोरामा कपडाभित्र लुुकाई राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको थियो । उनको कोठाबाट डाइजेपाम, फेनारगन र आइपीपीएल टालजेसिक लेखेको लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार एम्पुल १/१ वटा गरी ३ वटा बनाई टेपले बाँधी राखेको अवस्थामा डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र आइपीपीएल टालजेसिक ३१ एम्पुल गरी ९३ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जनाकारी दिनुभयो ।
थापाका अनुसार खाटमा लुुकाई राखेको अवस्थामा प्रयोग गरेको जस्तो देखिने सिरिन्ज निडलसहितको १५ थान, निडल ११ थान र प्रयोग गरेको ८ थान एम्पुल समेत फेला परेको छ ।