2

Logo २०८३ बैशाख १३ आइतबार
लागुऔषधसहित पाल्पामा एक जना पक्राउ

लागुऔषधसहित पाल्पामा एक जना पक्राउ


Sabalnews प्रकाशित मिति : शुक्रबार, साउन २६ २०८०
5.5K

पाल्पा ।

पाल्पाको सदरमुकाम तानसेनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

तानसेन–२ नारायणस्थानस्थित एक घरमा डेरा गरी बस्दै आएका सर्लाहीको इश्वरपुर नगरपालिका  १२ स्थायी ठेगाना बताउने २४ वर्षीय कमल कुमार खड्का लागुऔषधसहित पक्राउ गरेको हुन् । खड्काले कोठाबाटै लागुऔषध लुुकाई छिपाई बेचविखन गर्दै आएको भन्ने गोप्पे सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काले ग्यास सिलिण्डरमाथि चामलको बोरामा कपडाभित्र लुुकाई राखेको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको थियो । उनको कोठाबाट डाइजेपाम, फेनारगन र आइपीपीएल टालजेसिक लेखेको लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार एम्पुल १/१ वटा गरी ३ वटा बनाई टेपले बाँधी राखेको अवस्थामा डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र आइपीपीएल टालजेसिक ३१ एम्पुल गरी ९३ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जनाकारी दिनुभयो ।

थापाका अनुसार खाटमा लुुकाई राखेको अवस्थामा प्रयोग गरेको जस्तो देखिने सिरिन्ज निडलसहितको १५ थान, निडल ११ थान र प्रयोग गरेको ८ थान एम्पुल समेत फेला परेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com