पाल्पामा लम्पी स्किनबाट ७ हजार पशु संक्रमित, ३ सय ३० गाइगोरु मरे
पाल्पा ।
पाल्पामा लम्पी स्किन रोगबाट करिब ७ हजार पशु संक्रमीत भएका छ्न् । यी मध्य ३ सय ३० गाइगोरु मरेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाल्पाको तथ्यांक छ।
यो रोग पाल्पाका १० वटा पालिकामा फैलिएको छ।सबैभन्दा धेरै पुर्वखोला गाउँपालिकामा संक्रमण देखिएको छ।सबैभन्दा धेरै पशु भने बगनासकाली गाउँपालिकामा मरेका छ।पुर्वखोलामा १,३३६ ,रिब्दिकोटमा ८४०,बगनासकालिमा ८०४,रैनादेबी छहरामा ८००,माथागढिमा ७००,निस्दिमा ६५०, रम्भा गाउपालिकामा १५७, तिनाउ गाउँपालिकामा ५०७, तानसेन नगरपालिकामा ५२५ ,रामपुर नगरपालिकामा २६० पशुमा संक्रमण देखिएको बिज्ञ केन्द्रले जनाएको छ।
सबैभन्दा धेरै बगनासकाली गाउपालिकामा ७५ पशु मरेका छन् । पूर्वखोला गाउपालिकामा ६८, तानसेन नगरपालिकामा ४७, रैनादेवी छहरा गाउपालिकामा ४५, निस्दी गाउपालिकामा २५, माथागढीगाउपालिकामा २४, रिब्दीकोट गाउपालिकामा १८, रामपुर नगरपालिकामा १२, तिनाउ गाउँपालिकामा ११, रम्भा गाउँपालिकामा ५ गाईगोरु मरेको विज्ञ केन्द्रका सूचना अधिकारी डा.नवीन बस्यालले बताउनुभयो ।
विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गाप्रसाद खनालका अनुसार ४ हजार २ सय ९३ पशुको उपचार गरिएको छ । संक्रमण देखिएको गाईगोरुको विज्ञ केन्द्रबाट १ हजार २ सय र स्थानीय तहबाट ३ हजार ९३ को उपचार गरिएको हो । पहिलो पटक माथागढी गाउँपालिकाको हात्तीलुङ, गोठादीका किसानले पालेको गाईगोरुमा देखिएको थियो । माथागढीको गोठादी, हात्तीलुङका गाईगोरुमा गरिएको परीक्षणबाट लम्पी स्किन पुष्टी भएको थियो ।
केन्द्रले सबै पालिकामा रहेका पशु विकास शाखाका प्राविधिकसँगको समन्वयमा उपचार गर्दै आएको छ । संक्रमण फैलिएको गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निनेजस्ता लक्षण देखिने पशु सेवा प्राविधिक युवराज ज्ञवालीले बताउनुभयो। यो रोग निको पार्ने कुनै खोप नभएपछि पशुको लक्षण अनुसार सामान्य एन्टिबायोटिक दिने काम गरिएको छ । रोग नियन्त्रण गर्न कृषकले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने प्राविधिक ज्ञवालीले बताउनुभयो।
अहिलेसम्म लम्पी स्किन रोग नियन्त्रणका लागि १ हजार ५ सय १० खोप दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ।पहिलो चरणमा उन्नत जातका गाईमा रोगविरुद्धको खोप सुरु गरेको छ । १० मध्ये आठ पालिकामा खोप लगाइएको छ ।