2

Logo २०८३ बैशाख १३ आइतबार
स्वास्थ्यमन्त्री बस्नेतद्वारा दुवाकोटको बिस्तारित वीर अस्पतालको स्थलगत अवलोकन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा दुवाकोटको बिस्तारित वीर अस्पतालको स्थलगत अवलोकन


Sabalnews प्रकाशित मिति : आइतबार, साउन २१ २०८०
1.2K

भक्तपुर ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरको दुवाकोटमा प्रस्तावित विस्तारित वीर अस्पतालको शनिबार स्थलगत भ्रमण गर्नुुुभएको छ।

भ्रमणका क्रममा मन्त्री बस्नेतले नेपाल सरकारका उच्च अधिकारी, सरोकारवाला निकाय र स्थानियवासीसँग छलफल गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई हस्तान्तरण गरेको ५ सय ७० रोपनी जग्गालाई तत्काल तारबार लगाउनु निर्देशन दिनुुुभयो। वीर अस्पताल निर्माणका लागि चागुनारायण नगरपालिकाले विसं २०७३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई उक्त जग्गा हस्तान्तरण गरेको थियो । अस्पताल निर्माण भएपछि हजारौ विरामीले सर्वसुलभ स्वास्थ्य सेवा पाउनुका साथै भक्तपुरकै काचुली फेर्ने बताउँदै मन्त्री बस्नेतले अस्पताल निर्माणमा सरोकारवाला सबैको सहयोग हुनु पर्नेमा जोड दिनुुुभयो। स्वास्थ्य क्षेत्रको कायापलट गर्ने महत्वाकांक्षी योजनाका साथ आफू अगाडि बढेको बताउदै मन्त्री बस्नेतले भने, ‘ म दिनको एक महत्वपूर्ण काम गर्ने योजना अनुसार अगाडि बढेको छु । यो अस्पताल पनि बनाएरै छाड्छु । ’ संघीय अस्पतालमा साढे ३५ सय जनरल बेड विपन्नका लागि निशुल्क गर्न र हरेक अस्पतालमा विपन्नका लागि १० प्रतिशत बेड निशुल्क हुनु उपलब्धिमुलक भएको उहाँले बताउनुभयो । न्याम्सका उपकुलपति प्रा.डा. बस्नेतले दुवाकोटमा एक हजार देखि १५ सय शैयाको अस्पताल र शैक्षिक भवन, आवासगृह बनाउने गुरु योजना बनिसकेको भए पनि विविद कारणले अस्पताल निर्माणमा ढिलाइभएको बताउनुुुभयो । उहाले विसं २०७४ देखि दुवाकोटमा विस्तारित वीर अस्पताल सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै स्थानियवासीलाई ओपिडी सेवाका साथै एक्सरे, ल्याव सहितका सेवा प्रदान गरिरहेको जानकारी दिनुुुभयो ।

चिनिया प्राविधिक टोलीले संभाव्यता अध्ययन पछि सन् २०१९ मा प्रस्तावित अस्पताल निर्माण स्थलको भौगोलिक अवस्था कमजोर भएको, सडकको पहूच सहज नभएको, बिजुलीको प्रवन्ध नभएको , खानेपानीको व्यवस्था नभएको र जग्गा एकिन नभएको जनाएको थियो । भएका कमि कमजोरी सुधार गरिए फेरि संभाव्यता अध्ययन गरिने चिनिया टोलीले बताएको थियो । त्यसपछि जग्गा एकिन भएको, सडकको पहूच बिस्तार गरिएको, बिजुलीको समस्या समाधान गरेको सरकारका अधिकारीले दावी गरेका छन् । छलफलमा सडक विभाग, नापी कार्यालय, नगरपालिका, भवन विभागका अधिकारीले अस्पताल निर्माणका लागि कुनै समस्या नरहेको बताएका छन् ।

अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपाल सरकारले वीर अस्पताल निर्माणका लागि अहिलेसम्म भएका प्रगति समावेश गरेर चीन सरकारलाई फेरि संभाव्यता अध्ययनका लागि अनुरोध गरिने बताउनुुुभयो। चागुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले वीर अस्पताल नगरपालिकाको गौरवको योजना भएको स्मरण गर्दै अस्पताल निर्माणका लागि सबैको साथ भएको बताउनुुुभयो । वीर अस्पताल निर्माणका लागि स्थानियबासी जग्गा, बाटो र आवश्यक सहयोग गर्न तयार रहेको मेयर खत्रीले बताउनुुुभयो ।

अस्पतालको एरियामा रेखांकन गरेर बार लगाउनका लागि ५ करोड बजेट छुट्याइएको र आवश्यक परे स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले सहयोग गर्नु पर्नेमा उनले जोड दिनुुुभयो। छलफल कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय, भवन विभाग, सडक विभाग, विद्युत प्राधिकरण लगायतका उच्च अधिकारीले अस्पताल निर्माणमा समस्या नरहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com