2

Logo २०८३ बैशाख १३ आइतबार
मिसन अस्पतालमा बिमा कार्यक्रम नरोकिने

मिसन अस्पतालमा बिमा कार्यक्रम नरोकिने


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन १८ २०८०
1.9K

पाल्पा ।

पाल्पाको तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउने भएको छ । गएको साउन १२ गत पत्रकार सम्मेलन गर्दै आउँदो साउन २१ देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने जनाएको थियो ।

अस्पतालको बिमा कार्यक्रम रोक्ने निर्णयको चौतर्फी आलोचना पछि स्वास्थ्य बीमा बोर्डको कार्यालयमा बिहिबार भएको छलफल पछि बीमा कार्यक्रम स्थगित नगर्ने गरि अघि बढेको छ ।

छलफलमा बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला, मिसन अस्पतालका निर्देशक डा रचेल कारख, र पाल्पाका संघीय सांसदद्धय नारायणप्रसाद आचार्य र ठाकुर गैरे सहभागी हुनुहुन्थ्यो ।

बैठकमा अस्पताल निर्देशक डा.कारखले बीमा कार्यक्रम स्थगित गर्नु पर्ने कारणबारे जानकारी दिदै बीमा कार्यक्रमको भुक्तानीमा समस्या र दर रेट न्युन भएको बताउनुभयो। बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले केही प्राविधिक विषय रहेको भन्दै छिटै टुंगोमा पुग्ने बताउनुभयो ।

बैठक पछि मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम २१ साउन पछि पनि निरन्तर चल्ने अस्पतालका प्रमुख कारकले बताउनुभयो ।

सांसद ठाकुर गैरेले अस्पतालको मुख्य समस्या देखिएको बक्यौँता रकम तत्काल फरफारक गरी भुक्तानी गर्ने र सुविधाको दर रेटको सम्वन्धमा वीमा बोर्डले काम गरिरहेकोले छिटै टुंगोमा पुग्ने बताउनुभयो । १२ करोड जति बक्यौता रहेको छ ।

५ करोड रकम असारमा भुक्तानी गरेको र बाँकी केही रकम हिसाव सिस्टममा नआएका कारण रोकिएको भन्दै भदौको पहिलो सातासम्ममा क्लियर हुने बोर्डले जनाएको छ ।

अस्पताल निर्देशक डा. रचेल कारख बीमा कार्यक्रम निरन्तरता दिने विषयमा छलफल भएको बताउदै छलफलको कुरा टिमसंग सेयर गरेर मात्र बिमा कार्यक्रम चल्ने वा रोकिने निर्णय हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com