2

Logo २०८३ बैशाख १४ सोमबार
लायन्स क्लब रामपुरले पर्यटकीय तथा धार्मिक क्षेत्र गौशालामा गर्‍यो बृक्षारोपण

लायन्स क्लब रामपुरले पर्यटकीय तथा धार्मिक क्षेत्र गौशालामा गर्‍यो बृक्षारोपण


Sabalnews प्रकाशित मिति : शनिबार, साउन १३ २०८०
2K

पाल्पा ।

लायन्स क्लब रामपुरले पर्यटकीय तथा धार्मिक क्षेत्र रामपुरको  गौशालामा बृक्षारोपण गरेको छ ।

सामाजिक सेवा अन्तर्गत क्लबले बर्खायामको समयमा पर्याबरणीय सन्तुलन र हरियाली रामपुर बनाउने उद्देश्यले नगर गौशलामा बृक्षारोपण गरेको लायन्स क्लब रामपुरका अध्यक्ष लायन खेमनारायण काफ्लेले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ 325p का डिस्टिक डेपुटी चिफ हङगर कार्यक्रम संयोजक लायन भोजेन्द्रप्रकाश ढकालले बृक्षारोपण गर्दै क्लबको निकै उत्कृष्ट कार्य भएको बताउनुभयो । उहाँले बृक्षारोपण संगै बिरुवाको रेखदेख र चासो सदैव लिनुपर्नेमा जोड दिनुभयो ।

लायन्स क्लबका डिस्टिक सदस्य लायन बिष्णु पौडेल, लायन बिष्णु प्रसाद बस्याल सहित लायन्स क्लबमा रहनुभएका सबै  सदस्यको उपस्थितिमा बृक्षारोपण गरिएको हो । गौशाला परिषरमा सौर्न्दर्य जनक बिरुवा कपुर,औंषधी जन्य अमला राजबृक्ष सहितका बिरुवा थरिका ५० वटा बिरुवा रोपिएको छ।

लायन्स क्लबका अध्यक्ष खेमनारायण काफ्लेको अध्यक्षतामा बृक्षारोपण भएको हो । सोही अबसरमा लायन्स क्लब अफ  रामपुर रामपुर नगरमा संचालित नगरगौशालाको आजिबन सदस्य बनेको छ । गौशाला संचालन तथा व्यबस्थापन समिति अध्यक्ष हुमनाथ न्यौपानेले लायन्स क्लब आफ्नो धर्म र सिद्धान्त अनुरुप सामाजिक कार्यमा सक्रिय रहेको बताउदै क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com