लायन्स क्लब रामपुरले पर्यटकीय तथा धार्मिक क्षेत्र गौशालामा गर्यो बृक्षारोपण
पाल्पा ।
लायन्स क्लब रामपुरले पर्यटकीय तथा धार्मिक क्षेत्र रामपुरको गौशालामा बृक्षारोपण गरेको छ ।
सामाजिक सेवा अन्तर्गत क्लबले बर्खायामको समयमा पर्याबरणीय सन्तुलन र हरियाली रामपुर बनाउने उद्देश्यले नगर गौशलामा बृक्षारोपण गरेको लायन्स क्लब रामपुरका अध्यक्ष लायन खेमनारायण काफ्लेले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ 325p का डिस्टिक डेपुटी चिफ हङगर कार्यक्रम संयोजक लायन भोजेन्द्रप्रकाश ढकालले बृक्षारोपण गर्दै क्लबको निकै उत्कृष्ट कार्य भएको बताउनुभयो । उहाँले बृक्षारोपण संगै बिरुवाको रेखदेख र चासो सदैव लिनुपर्नेमा जोड दिनुभयो ।
लायन्स क्लबका डिस्टिक सदस्य लायन बिष्णु पौडेल, लायन बिष्णु प्रसाद बस्याल सहित लायन्स क्लबमा रहनुभएका सबै सदस्यको उपस्थितिमा बृक्षारोपण गरिएको हो । गौशाला परिषरमा सौर्न्दर्य जनक बिरुवा कपुर,औंषधी जन्य अमला राजबृक्ष सहितका बिरुवा थरिका ५० वटा बिरुवा रोपिएको छ।
लायन्स क्लबका अध्यक्ष खेमनारायण काफ्लेको अध्यक्षतामा बृक्षारोपण भएको हो । सोही अबसरमा लायन्स क्लब अफ रामपुर रामपुर नगरमा संचालित नगरगौशालाको आजिबन सदस्य बनेको छ । गौशाला संचालन तथा व्यबस्थापन समिति अध्यक्ष हुमनाथ न्यौपानेले लायन्स क्लब आफ्नो धर्म र सिद्धान्त अनुरुप सामाजिक कार्यमा सक्रिय रहेको बताउदै क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो ।