बर्षको शुरुमै बजार अनुगमन गर्दै चापाकोट नगरपालिका
स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिकाले आर्थिक बर्षको शुरुदेखि नै बजार अनुगमनलाई अघि बढाएको छ ।
बिस्तारै चाडपर्वहरु नजिकिदै गर्दा आम नागरिकको स्वास्थ्य, स्वस्थ्यकर खानपान र राज्यप्रति जवाफदेहिता, व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन बजार अनुगमनलाई तिब्रता दिएको जनाएको छ ।

२५ वटा ब्यबसाय अनुगमन गरिएकोमा दर्ता नभई चलेका पसल व्यबसायलाई तत्काल दर्ता गर्न र दर्ता खारेजी गर्नुपर्नेलाई अनुगमनबाट सल्लाह सुझाब दिईएको चापाकोट नगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक इशा रानाले जानकारी दिनुभयो ।
बिना दर्ता संचालन भएका, नविकरण नगरी सन्चालनमा रहेका, मिति सकिएका खाद्य सामाग्री, सरसफाइ नभएका होटल पसल र व्यवसाय लाई सचेत गराइएको छ प्रमुख प्रशासकीय अधिकृत धुर्व खनालले भन्नुभयो- बजार अनुगमनलाई निरन्तरता दिन्छौ, नगरबासीको स्वास्थ्य प्रति संबेदनशिल छौ ।
चापाकोट वडा नम्बर ९ बजार क्षेत्रमा,उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समिति, जनप्रतिनिधि, पत्रकार, प्रहरी र कर्मचारीको टोलीले बजार अनुगमन गरेको हो ।

