बिपि स्मृति दिवस: रामपुर काङ्ग्रेसले गर्यो अस्पताल परिषरमा बृक्षारोपण
पाल्पा ।
नेपाली काँग्रेसका संस्थापक नेता, जननिर्वाचित नेपालको पहिलो प्रधानमन्त्री जननायक विश्वेश्वर प्रसाद कोईरालाको ४१ औं पुण्य स्मृति दिबसको अबसरमा नेपाली काँग्रेस रामपुरले बृक्षारोपण गरेको छ ।
नेपाली काङ्ग्रेस रामपुर नगर समितिको आयोजनामा रामपुर अस्पताल परिषरमा आँप, लिची तथा कपुर र धुपी जातको बिरुवा लगाइएको हो । रामपुर नगरपालिका ५ नं. वडा कार्यालयले आँप र लिचीको बिरुवा सहयोग गरेको थियो । सो प्राप्त फलफूल तथा फुल प्रजातिको बिरुवा र रामपुर सब–डिभिजन वन कार्यालयबाट प्राप्त कपुर तथा धुपीका बिरुवा लगाइएको नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । नगरपालिकाको ५ नम्बर वडाका सरकारी, गैरसरकारी संघ सस्था र नागरिकका घर- घरमा बिरुवा लगाउने वडा कार्यालयले अभियान चलाएको छ । यही बखत नेपाली काङ्ग्रेसले अस्पताल भित्र उपयुक्त बिरुवा लगाएको हो ।
बृक्षारोपण अघि भएको स्मृति दिवस समारोहमा बोल्दै नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहाले ज्ञान बहादुर गाहाले बिपिको बिचारबाट प्रेरित बिचार सिद्धान्त अंगालेर अगाडि बढिरहेको बताउनुभयो । जनतालाई स्वतन्त्र बनाउन, प्रजातन्त्र ल्याउन कोइराला राणा विरुद्ध लाग्नुभयो जहाँ महामानवको संज्ञा पाउनुभयो, बिपि काङ्ग्रेसको मात्र नभई सबै पार्टी,समुदाय र नागरिककै मार्गदर्शक हुनुहुन्थ्यो ।
बीपीको आदर्श, राजनीति र दूरदर्शी सोच अहिलेको पुस्ताका लागि अनुकरणीय रहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसका महासमिति सदस्य देवराज ढकालले बीपी कोइरालाले प्रजातन्त्र स्थापनाका लागि खेल्नु भएको भूमिका, मुलुकको विकासका लागि प्रतिपादन गर्नु भएको समाजवादको चर्चा गर्नुभयो । कांग्रेस महासमिति सदस्य एवम् रामपुर नगर प्रमुख रमणबहादुर थापाले नेपाल मात्र नभै विश्वलाई गतिशील बनाउन बीपीले कोर्नु भएको समाजवादको मार्गले वर्तमान समाजलाई पनि उत्साह र उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।
नेपाल महिला संघका केन्द्रीय सदस्य पवित्रा पौडेल, नेपाल शिक्षक संग रामपुरका अध्यक्ष डोलराज रेग्मी र रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बिपिको मार्गदर्शन र बिपिको योगदानको चर्चा गर्नुभयो ।
नेपाली काङ्ग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम नगर उपसभापति क्या.देव बहादुर थापा मश्राङ्गीको स्वागत र संचालन नगर सचिव ओम प्रकाश बस्यालले गर्नुभएको हो ।
यस्तै, कार्यक्रम स्याङ्जा चापकोट नगरकार्यसमितिको आयोजनामा नेत्र स्मृति भवन सुन्तलिटारमा भएको छ ।