2

Logo २०८३ बैशाख १४ सोमबार
सार्वजनिक यातायातको भाडादर घट्यो

सार्वजनिक यातायातको भाडादर घट्यो


Sabalnews प्रकाशित मिति : सोमबार, साउन १ २०८०
1.6K

काठमाडौं ।

सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए ।

‘घटाएको भाडादर आजदेखि नै लागु हुनेछ । पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने बैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com