2

Logo २०८३ बैशाख १३ आइतबार
वीर अस्पतालमा ओपिडी सेवा आजदेखि बिहान ८ बजेबाट

वीर अस्पतालमा ओपिडी सेवा आजदेखि बिहान ८ बजेबाट


Sabalnews प्रकाशित मिति : सोमबार, साउन १ २०८०
995

काठमाडौं ।

वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते साउन १ गतेबाट बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनुभयो । बिहानै ७ बजेदेखि टिकट लिने व्यवस्था गरिएको छ, अपराह्न साढे २ बजेसम्म टिकट लिने र स्वास्थ्यकर्मीले बिहान ९ बजेभन्दा अगावै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था गरिएको डा.पौडेलले जानकारी दिनुभयो ।

शल्यक्रिया सेवा पनि बिहान ८ बजेदेखि नै सुरु गर्न डा. पौडेलले सबै विभाग, युनिट, शाखा र वार्डमा परिपत्र गरेको र बहिरंग सेवा पनि बिहान ९ बजेभन्दा अघि नै सुचारु गरिने व्यवस्था भएको बताउनुभयो ।

वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीका लागि ई–हाजिरी अनिवार्य गरिएको छ । ओपीडी सेवाका कर्मचारीहरूको हाजिरीका लागि बिहान सवा ८ बजे र अपराह्न पौने चारबजेको हाजिरीलाई मात्र मान्यता दिइनेछ ।

प्रयोगशालाको सेवा पनि बिहान ७ बजेदेखि नै सुरु हुनेछ । खाली पेटमा जाँच गर्नुपर्ने खालका बिरामीको सहजताका लागि बिहानैदेखि सेवा सुरु गरिएको छ । गत असार ८ गतेदेखि ७ सयवटा जनरल बेड अस्पतालमा निःशुल्क छ ।

तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com